रुसको कुर्स्क क्षेत्रमा युक्रेनको आक्रमण तीब्र,रुसको तेस्रो रणनीतिक पुल पनि ध्वस्त

एजेन्सी ।  युक्रेनले रुसको कुर्स्क क्षेत्रमा आफ्नो आक्रमण जारी राख्दा एक साताको अवधिमा तेस्रो रणनीतिक पुल ध्वस्त पारेको जनाएको छ । 

अन्तर्राष्ट्रिय  सञ्चार माध्यामका अनुसार युक्रेनी सेनाले सोमबार  कुर्स्क क्षेत्रको कर्याज्हमा सेइम नदीमाथि रहेको उक्त पुल ध्वस्त पारेको हो । सो पुलबाट रुसी सेना आवत जावत गर्ने गरेका द गाजिएनले जनाएको छ ।  
पछिल्लो समय युक्रेनी फौज अप्रत्यासित रूपमा रुसी क्षेत्रमा अघि बढिरहेको छ ।

दुई देशका फौजबीच कुर्स्क क्षेत्रमा भीषण लडाइँ जारी छ ।सन् २०२२ मा रुसले युक्रेनमाथि सैन्य कारबाही सुरु गरेयता युक्रेनले रुसमा अहिलेसम्मकै ठूलो कारबाही गरिरहेको छ । यो कारबाही विगत दुई हप्तादेखि जारी रहेको छ । 

प्रतिक्रिया