रबिले राज्य आतंक मच्चाए,घडी चोरको मिथ्या आरोपले पलपल मार्छ : रामहरि खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले तत्कालीन गृहमन्त्री रबि लामिछानेले प्रहरी संगठनको दुरुपयोग गरेर राज्य आतंक मच्चाएको आरोप लगाएका छन् । 

एभिन्यूज खबरको बिशेष सम्वादमा सोमवार सुशील पाण्डेसँग कुराकानी गर्दै नेता खतिवडाले लामिछानेले प्रहरी संगठनभित्रै तीनवटा आइजीपी जन्माएर संगठनलाई तहसनहस पारेको आरोप लगाए । एक प्रश्नको उत्तरमा खतिवडाले लामिछानेले आफूमाथि विषयान्तर गर्न बारम्बार संसदमै घडी चोरको मिथ्या आरोप लगाएको बताए । घडी चोरको मिथ्या आरोपले आफूलाई पल पल मारिरहेको उनले बताए । यस सम्बन्धी बिस्तृत कुराकानी आज सोमबार राति ९ बजे एभिन्यूज खबरमा प्रसारण हुनेछ । 
 

प्रतिक्रिया