सिन्धुपाल्चोकमा पहिरोले इन्द्रावती नदी थुनियो, सतर्क रहन प्रशासनको आग्रह

काठमाडौ । सिन्धुपाल्चोकमा सुक्खा पहिरो झरेका कारण इन्द्रावती नदी थुनिएको छ । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका तिपेनीमा सोमबार सुख्खा पहिरो खसेको हो ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सुख्खा पहिरो खसेकोले त्यसले इन्द्रावती नदी तटीय क्षेत्रमा बाढी आउन सक्ने भएकोले स्थानीय बासिन्दाहरूलाई सतर्कता अपनाउन आग्रह गर्दै सूचना जारी गरेको छ । 
नदी थुनिएर एक्कासी खोलिएमा पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ७ र ८, मेलम्ची नगरपालिका वडा नम्बर ७, ९, ११, १२ र १३ तथा इन्द्रावती गाउँपालिका वडा नम्बर १०, ११ र १२ का नदी तटमा बाढी आउन सक्ने भएकोले स्थानीय बासिन्दाहरूलाई प्रशासनले उच्च सतर्कता अपनाउन  अनुरोध गरिएको छ ।

पहिरोले इन्द्रावती नदीको बहावमा अवरोध सिर्जना भएको प्रशासनको भनाइ छ ।

 
 

प्रतिक्रिया