बझाङमा पहिरोले पुरिएर एकै परिवारका चारजनाको मृत्यु

बझाङ । बझाङको बुङ्गल नगरपालिका–१० टुमेडामा पहिरोले घर पुरिँदा ४ जनाको मृत्यु भएको छ ।  गएराति पहिरोले वीरबहादुर धामीको घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको हो ।  पहिरोले घर पुरिँदा दुई बालिकासहित चार जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा वीरबहादुरकी श्रीमती, बुहारी र दुई नातिनी रहेका छन । पहिरोमा काली धामी, गोल्की धामी, आसिका धामी, लक्ष्मी धामीको ज्यान गएको हो । पहिरोमा परेका पाँच जनाको भने उद्धार गरिएको प्रहरीले जनाएको छ । उद्दार हुनेमा बिरा धामी , उज्जल धामी, रोसन धामी, कमला धामी, शान्ति धामी रहेका छन ।  ९ जना सदस्य रहेको उक्त घरमाथि राति १ बजे खसेको पहिरोले घर क्षतविक्षत बनाएको छ । 
 

प्रतिक्रिया