जाजरकोटमा अस्थायी टहराले पुरिदा तीन जनाले ज्यान गुमाए

जाजरकोट ।  जाजरकोटको नलगाड नगरपालिका–२ डाँडागाउँमा आज बिहान पहिरोमा परी एकैघरका तीनजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा नलगाड–२ का ४२ वर्षीय लालबहादुर परियार, ३४ वर्षीया मनिसा परियार, उनीहरुका दुई वर्षीय छोरा शुभम परियार छन् ।  भूकम्पले घर भत्किएपछि लालबहादुर परियारको परिवार अस्थायी टहरामा बस्दै आएको थियो । माथिबाट आएको पहिरोले अस्थायी टहरा भत्काउदा उनीहरुको ज्यान गएको हो । बर्षासँगै ठाउँठाउँमा पहिरो गएकाले विद्युत् र सडकसमेत अवरुद्ध भएको बताइएको छ । जाजरकोटमा भूकम्प प्रभावित परिवार संख्या ४८ हजार ५ सय १७ कायम भएको छ । तीमध्ये ३४ हजार ९ सय ५४ परिवारले अस्थायी आवास निर्माण गरेका छन् । बाँकी परिवार त्रिपाल र पुरानै घरमा बस्न बाध्य छन् । 

प्रतिक्रिया