परराष्ट्रमन्त्री राणा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

राणाले साँझ मोदीसँग भेटवार्ता गर्ने

काठमाडौ । परराष्ट्रमन्त्री आरजु राणा र भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता भएको छ। भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री राणा र विदेशमन्त्री जयशंकरबीच सोमबार दिउँसो हैदरावाद हाउसमा भेटवार्ता भएको हो। भेटवार्तामा द्विपक्षीय हित, नेपाल(भारत सम्बन्धका विभिन्न पक्ष र पाटाबारे कुराकानी भएको परराष्ट्र मन्त्री राणाको भनाइ छ। राणाले भारतीय समकक्षीसँग आफ्नो भेट फलदायी भएको बताएकी छन् । 
उनले भनेकी छन्, ‘नयाँ दिल्लीमा एस जयशंकरसँग फलदायी भेट भयो । हामीबिच द्विपक्षीय हित, नेपाल–भारत सम्बन्धका विभिन्न पक्ष र आपसी सहयोग आदानप्रदानका विषयमा छलफल भएको थियो । यो भ्रमणले नेपाल र भारतबिचको शताब्दी पुरानो सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास लिएको छु ।’

परराष्ट्रमन्त्री राणा हाल भारत भ्रमणमा रहेकी छन् । विदेश मन्त्री जयशंकरकै निमन्त्रणामा परराष्ट्र  मन्त्री राणा भारतको औपचारिक भ्रमणमा गएकी हुन्।  सोमबार नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ।

प्रतिक्रिया