संविधान संशोधनले जनताको अधिकार खोसिदैन: उपप्रधानमन्त्री सिंह

काठमाडौँ । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले संविधान संशोधन गरेर जनताको अधिकार खोस्न खोजेको भनेर भइरहेको प्रचारमा सत्यता नभएको जिकिर गरे।

काठमाडौँमा आज आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाली कांग्रेस र नेकपा एमाले जनताको अधिकारका लागि लडेको दल भएको बताए ।

उनले भने , “संविधान संशोधन गरेर सरकारले भएको अधिकांश व्यवस्था कटौती गर्छ भन्ने दुष्प्रचार भइरहेको छ, कांग्रेस र एमाले अधिकारका लागि लडेको दल हो, यी दुई दल सरकारमा गएर त्यो कटौती हुँदैछ भनेर गरिएको हल्लामा कुनै सत्यता नभएको जिकिर गरे ।

राजनीतिक स्थायित्व दिन कांग्रेस एमालेसँग मिलेको उपप्रधानमन्त्री सिंहले बताए । “सात र आठ महिनामा सरकार परिवर्तन भइराख्ने, टिक्ने वा नटिक्ने अन्योलमा रहने सरकारले केही गर्न नसक्ने भएकाले ठूला दुई दल मिलेको हो ।

यो सरकार बनेपछि अर्थतन्त्रलाई लयमा ल्याउन सकारात्मक प्रयास भएको छ, अर्थतन्त्रलाई अगाडि बढाउन सरकारले काम गरेर देखाउने बताए ।

रासस

 

प्रतिक्रिया