बुटवलमा डोकोमा फलफुल तरकारी बेचेर जीवन गुजरा गर्नेहरुको संख्या बढ्दै
काठमाडौं । बुटवल, भैरहवा आसपाका बजार र बसपार्कहरुमा डोको डालोमा फलफुल तरकारी बेचेर जीवन गुजरा गर्नेहरुको संख्या बढ्दै गएको छ ।
आर्थिक मन्दिले कतिपय उद्योग बन्द हुनुका साथै केहीले रोजगारी कटौती गरेपछि मजदुर बैकल्पिक काममा जुटेका हुन । बुटवलको अस्पताल लाइनमा मकै बेच्दै आएकी लक्ष्मी बन्जाडे पछिल्लो समय गुजारा चलाउनै समस्या भएको बताउछिन ।
त्यस्तै, डोकोमा काक्रा बेच्दै आएकी गिता सुनार नगरपालिकाले दुःख दिएको भन्दै व्यवस्थित ठाउँ तोकिदिए आफुहरुलाई गुजारा चलाउन सहज हुने अपेक्षा राख्छिन ।
सडक व्यापार गर्नेहरुले नगर प्रहरीले अनावश्यक दुःख दिने गरेको गुनासो समेत गरेका छन । युवा जति विदेश पलायन भएपनि परिवार पाल्न सडक व्यापारको विकल्प नभएको कतिपयको भनाइ छ ।
कोरोनापछि उद्योग क्षेत्र धरासायी हुँदा धेरै मजदुरहरुको अहिले सडकमा बास हुने गरेको छ । कतिपयले बैकल्पिक सडक व्यापार थालेपनि उपमहानगरले दुःख दिएको उनीहरुको गुनासो छ ।
प्रतिक्रिया