बनेपास्थित गोसाइस्थान मन्दिरमा आज भव्य मेला
काठमाडौं । काभे्रपलाञ्चोकको बनेपास्थित गोसाइस्थान मन्दिरमा पनि आज भव्य मेला लागेको छ ।
बनेपा नगरपालिका वडा नम्बर ६ मा रहेको धार्मिक तीर्थस्थल गोसाईस्थानमा जनैपूर्णिमाको दिन भक्तजनहरूको भिड लाग्ने गदर्छ । गोसाईस्थानस्थित गोसाइँकुण्डमा रहेको शिव मन्दिरमा आज भक्तजनहरुको ठूलै घुइँचो लाग्ने गर्दछ ।
रसुवाको गोसाइकुण्ड पुग्न नसक्ने भक्तजनहरु बनेपाको गोसाइस्थान मन्दिरमा आई पूजाआजा र दर्शन गर्छन् । जंगलको बीच भागमा अवस्थित यो कुण्डमा गएर स्नान गर्नाले पनि गोसाईकुण्ड गए जत्तिकै हुने किंबदन्ती छ । मेलामा ब्राम्हणको हातबाट जनै लगाउने, रक्षाबन्धन गर्नेहरुको पनि उत्तिकै भीड लाग्छ ।
पर्यटकीय क्षेत्रपनि भएकाले यहाँ मेला भर्न काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, सिन्धुली लगायत जिल्लाका भक्तजन समेत पुग्ने गर्दछन ।
प्रतिक्रिया