नेपालमा पनि मंकीपक्सको उच्च जोखिम

काठमाडौं । केही महिनादेखि अफ्रिका तथा अन्य देशमा फैलिरहेको मंकीपक्सको उच्च जोखिममा नेपाल पनि रहेको सरोकारवालाहरूले जनाएका छन् । 

पाकिस्तानमा तीन जनामा मंकीपक्स देखिएपछि नेपालमा पनि त्यसको जोखिम बढेको इपिडिमियोलोेजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । विभिन्न देशबाट मानिसहरू आउने–जाने क्रम भइरहने भएकाले यो रोग भित्रिन सक्ने जोखम रहेको भन्दै सरकारले सतकर्ता अपनाउन आग्रह गरेको छ । 

हवाई तथा भूनाकाहरूमा शंकापस्द बिरामी खोजी गरी लक्षण देखिए परीक्षण गर्न सुरु गरिसकेको महाशाखाको भनाइ छ । विदेशबाट नेपाल आउनेमा लक्षण देखिएमा सीमा र हवाई नाकामा परिक्षण हुने र लक्षण नभएकाहरू घरमा क्वारेन्टिनमा बस्नु उचित भएको चिकित्सकको भनाइ छ । गत वर्ष नेपालमा एक जना पर्यटकमा मंकीपक्स फेला परेपछि उनलाई आइसोलेसनमा राखेर उपचार गरिएको थियो । 

 धेरै मुलुकमा फैलिएको र नेपाली सेना पनि मंकीपक्स फैलिरहेका देशहरूमा जाने आउने भइरहने हुँदा नेपालमा कुनै पनि बेला फैलिन सक्ने जोखिम रहेको हो । 

प्रतिक्रिया