रुसकाे दोस्रो पुल ध्वस्त पारेको युक्रेनको दाबी

एजेन्सी । युक्रेनले रुसको कुर्स्क क्षेत्रमा आफ्नो आक्रमण जारी राख्दा एक साताको अवधिमा दोस्रो रणनीतिक पुल ध्वस्त पारेको जनाएको छ ।

अन्तर्राष्ट्रिय  सञ्चार माध्यामका अनुसार युक्रेनी सेनाले आइतबार ज्वान्नोको सेइम नदीमाथि रहेको उक्त पुलमा भएको हवाई आक्रमणको फुटेज सार्वजनिक गरेको छ । त्यसको केही घण्टापछि युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले कुर्स्कमा सैन्य आक्रमणको उद्देश्य रुसी आक्रमण रोक्न (बफर जोन) निर्माण गर्नु रहेको बताएका थिए । 

सन् २०२२ मा रुसले युक्रेनमाथि सैन्य कारबाही सुरु गरे यता युक्रेनले रुसमा अहिलेसम्मकै ठुलो कारबाही गरिरहेको छ । यो कारबाही विगत दुई हप्तादेखि जारी रहेको छ ।

प्रतिक्रिया