परराष्ट्रमन्त्री राणा र भारतीय समकक्षीबीच आज भेटवार्ता

काठमाडाैं । भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आज उच्चस्तरीय भेटवार्ता गर्दैछिन् । 

परराष्ट्रमन्त्री राणाले आज दिउँसो भारतीय समकक्षी विदेशमन्त्री डा. एस जयशंकरसँग र बेलुकी प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गर्ने बताइएको छ । 

भारतीय समकक्षी जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा परराष्ट्रमन्त्री राणा आइतबार चार दिने भारत भ्रमणका लागि नयाँ दिल्ली गएकी हुन् । मन्त्री राणालाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका लागि नेपालका कार्यवाहक राजदूत सुरेन्द्र थापा र भारतीय विदेश मन्त्रायका उत्तरी महाशाखा प्रमुख अनुराग श्रीवास्तवले स्वागत गरेका थिए । 

दुई देशबीचमा नियमित रुपमा हुँदै आएको उच्चस्तरीय भ्रमणले सदियौँ पुरानो द्विपक्षीय सम्बन्धलाई बहुआयामिक क्षेत्रमा सुदृढ एवम् प्रगाढ तुल्याउने अपेक्षा गरिएको छ । परराष्ट्र मन्त्री राणा यही भदौ ६ गते स्वदेश फर्कने तालिका छ ।
 

प्रतिक्रिया