परराष्ट्र मन्त्री राणा र भारतीय प्रधानमन्त्री मोदीवीच सोमबार भेटवार्ता हुने

काठमाडौं । भारत भ्रमणमा रहेकी परराष्ट्र मन्त्री आरजु राणा देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वीच सोमबार भेटवार्ता हुने भएको छ । 

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार राणा र मोदीबीच सोमबार साँझ भेटवार्ता हुनेछ । भारतको प्रधानमन्त्री कार्यालयले परराष्ट्रमन्त्री राणासँग भेटवार्ताको लागि समय दिएको हो । त्यसैगरी राणाले भारतीय विदेशमन्त्री एस जयशंकरलाई पनि  सोमबारनै  भेट्ने भएकी छन् । चार दिने  भारत भ्रमणका लागि परराष्ट्र मन्त्री राणा आज आइतबार  दिल्ली प्रस्थान गरेकी हुन ।

राणाले भ्रमणका क्रममा स्वास्थ्य उपचार पनि गर्ने बताइएको छ । परराष्ट्र मन्त्री राणा  भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा भारत भ्रमणमा गएकी हुन् । राणाको परराष्ट्रमन्त्री भएपछिको यो पहिलो बिदेश भ्रमण हो । 


 

प्रतिक्रिया