डा. केसीद्धारा बीएण्डसीलाई सम्बन्धन दिने फैसला खारेजीको माग गर्दै सर्वोच्चमा निवेदन पेस

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँको मेडिकल कलेज बि एण्ड सिको पक्षमा भएको फैसला त्रुटिपूर्ण भएकाले बदर हुनुपर्ने भन्दै डा गोविन्द केसीले सर्वोच्च अदालतमा पुनरावेदन निवेदन पेस गरेका छन् । केसीले आइतबार आफै सर्वोच्च अदालत उपस्थित भएर उक्त फैसला बदरको माग गरेर निवेदन दिएका हुन् ।
केसीले दिएको निवेदन दर्ता र दरपिठ कुनै पनि नभएर अध्ययनको क्रममा रहेको सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्दप्रसाद घिमिरेले बताए । उनका अनुसार केसीको निवेदन दर्ता हुने वा नहुनेबारे अध्ययनपछि मात्र निर्णय हुने छ । अघिल्लो फैसलामा केसी निवेदन र प्रतिवादी दुवै नभएकाले रिट दर्ता गर्ने विषयमा अध्ययन भइरहेको सर्वोच्चको भनाई छ ।   

केसीले ८ वटा आधार देखाउँदै प्रसाईँको पक्षमा भएको उक्त फैसला बदर हुनुपर्ने माग गरेका छन् ।  २०८० चैत १२ गते सर्वोच्चले प्रसाईँको मेडिकल कलेजलाई प्रक्रिया पुरा गरी सम्बन्धन दिनु भनी आदेश गरेको थियो ।  

प्रतिक्रिया