साफ यू–२० च्याम्पियनसिप: नेपालद्धारा श्रीलंका १–० गोल अन्तरले पराजित
काठमाडौँ । साफ यू–२० च्याम्पियनसिपअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाले श्रीलंकालाई पराजित गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालले श्रीलंकालाई १–० गोल अन्तरले पराजित गरेको छ।
नेपालका लागि निराजन धामीले पहिलो हाफमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। तर त्यसपछि नेपाली खेलाडीले लगातार गोलका अवसर बनाए पनि सफल हुन सकेनन्। खेलको २४ औं मिनेटमा समिर तामाङको थ्रोलाई डिफेन्डरले क्लियर गर्न नसक्दा पाएको मौकालाई निराजनले गोलमा परिणत गरेका थिए।
दोस्रो हाफमा पनि गोलको अवसर अन्तिम समयसम्म प्रयास गरेको नेपालका केही प्रहार गोलरक्षकले जोगाउँदा अन्तिम समयको प्रहार क्रसबारमा लाग्यो। श्रीलंकाले भने केही सीमित अवसर बनाए पनि नेपालको पोस्टमा गोल गर्न सकेन।
समूह ‘ए’ मा नेपाल र श्रीलंकासँगै बंगलादेश रहेको छ। त्यस्तै, समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान रहेका छन्।अब समूहको दोस्रो खेलमा नेपालले बंगलादेशसँग खेल्ने छ।
प्रतिक्रिया