टिआरसी विधेयक राष्ट्रिय सभामा पेश

राष्ट्रिय सभामा “प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक, २०७९ पेश भएको छ । आज को राष्ट्रिय सभा बैठकमा सरकारको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधेयक पेश गरेका हुन । मन्त्री चौरसियाले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक, २०७९ माथि विचार गरियोस” भन्ने प्रश्ताव सभा समक्ष प्रश्तुत गरेका हुन् । यसअघि प्रतिनिधि सभाबाट विधेयक पारित भइसकेको छ ।

प्रतिक्रिया