नेप्सेमा दोहोरो अंकले गिरावट
काठमाडौ । साताको पहिलो कारोबारको दिन शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार परिसूचक नेप्से ३४ दशमलब ४७ अंक घटेर २ हजार ९ सय ६६ दशमलब ३३ विन्दुमा बन्द भएको हो । आज सेन्सेटिभ इण्डेक्स ६.६५ अंकले घटेको छ भने फ्लोट इण्डेक्स २.२५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५० अंकले घटेको छ । आज तीन सय ३० कम्पनीको ६ करोड ५४ लाख ७५ हजार ३ सय ६६ कित्ता शेयर ३ लाख नौ सय १८ पटक खरिद बिक्री हुँदा २८ अर्ब ८३ करोड ६९ लाख ९७ हजार ३ सय ७६ बराबरको कारोबार भएको छ । चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाउँदा सर्वाधिक कारोबार गर्नेमा हिमालयन रिइन्स्योरेन्स रहेको छ । हिमालयन रि इन्स्योरेन्सको को ८२ करोड १४ लाख, अपि पावर कम्पनी ७८ करोड, कुमारी बैंक ६५ करोड, एचआईडीसीएल ५२ करोडको कारोबार भएको छ । आज राष्ट्रिय बीमा कम्पनी, लाइफ इन्स्योरेन्स कर्पोरेसन, मल्टिपर्पस फाइनान्स र सम्पदा लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ । नेपाल फाइइनान्सको सेयरमा नकरात्मक सर्किट लागेको छ । आज ४७ कम्पनीको को मूल्य बढेको छ भने १ सय ९७ वटाको मूल्य घटेको छ । सर्वाधिक घट्नेमा होटेल र पर्यटन क्षेत्र रहेको छ ।
प्रतिक्रिया