भेनेजुएलामा राष्ट्रपति चुनावको नतिजा अस्वीकार गर्दै हजारौ नागरिक सडकमा

एजेन्सी । दक्षिण अमेरिकी देश भेनेजुएलामा यतिबेला सरकारविरोधी प्रदर्शन चर्केको छ । गत महिना भएको राष्ट्रपति चुनावमा निकोलस मादुरोको विवादास्पद विजयपछि त्यहाँ प्रदर्शन सुरु भएको हो । मादुरोको विजयको विरोधमा विपक्षी दलका नेतासहित हजारौँ नागरिक सडकमा उत्रिएका हुन । भेनेजुएलाको राजधानीमा भइरहेको विरोध प्रदर्शनमा विपक्षी दलकी नेता मारिया मचाडो पनि सामेल छिन । बीबीसीका अनुसार सरकारविरोधी प्रदर्शनका कारण भेनेजुएलाको राजधानीमा ठूलो संख्यामा सेना र प्रहरी पनि तैनाथ गरिएको छ । युरोपेली संघ, अमेरिका र धेरै ल्याटिन अमेरिकी देशहरूले भेनेजुएलाको राष्ट्रपति चुनावको नतिजा अस्वीकार गरेका छन । 

प्रतिक्रिया