देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक (पूर्णपाठ)

काठमाडौं। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/०८१ को तथ्याङ्कमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको छ । आइतबार सार्वजनिक गरेको एक वर्षको तथ्याङ्कसहितको उक्त रिपोर्टमा तथ्याङ्कले  रेमिट्यान्समा बृद्धि देखाएको छ । रेमिट्यान्स नेपाली रुपैयाँमा १६ दशमलव ५ प्रतिशत र अमेरिकी डलरमा १४ दशमलव ५ प्रतिशतले बढेको छ ।त्यस्तै वार्षिक औसत मुद्रास्फीति ५.४४ प्रतिशत रहेको छ । यस्तै, आयात १ दशमलव २ प्रतिशतले र निर्यात ३ दशमलव ० प्रतिशतले घटेको छ । अघिल्लो वर्ष आयात १६ दशमलव १ प्रतिशतले र निर्यात २१ दशमलव ४ प्रतिशतले घटेको थियो ।
 यस्तै, शोधनान्तर स्थिति ५०२ अर्ब ४९ करोडले बचतमा हुँदा कुल विदेशी विनिमय सञ्चिति १५ अर्ब २७ करोड अमेरिकी डलर रहेको बैंकले जनाएको छ ।
उक्त सञ्चिति १३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको रिपोर्टमा उल्लेख छ । २०८१ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुमा रहेको कुल निक्षेप रु।६४ खर्ब ५२ अर्बर निजी क्षेत्रमा प्रवाहित कर्जा ५० खर्ब ७४ अर्ब पुगेको छ ।

प्रतिक्रिया