खुकुरी प्रहार गरेको आरोपमा वडाध्यक्षसहित चार जना पक्राउ

नेपालगञ्ज ।   खुकुरी प्रहार गरेको अभियोगमा राप्तीसोनारी गाउँपालिका २ का वडाध्यक्ष ज्ञानबहादुर वलीसहित चार जना पक्राउ परेका छन् ।एमालेसम्बद्ध युवा संघका जिल्ला अध्यक्षसमेत रहेका वलीलगायत विशाल बस्नेत, रत्न भण्डारी र बामे वलीलाई प्रहरीले पक्राउ गरेको हो।
गएराति करिब साढे आठ बजे राप्तीसोनारीको विनौनामा वलीको समूहले सन्दिप विष्ट र सुलभ मल्ललाई खुकुरी हानेको बाँके प्रहरीको जनाएको छ। उनीहरुको खुकुरी प्रहारबाट सन्दिप विष्ट र सुलभ मल्ल गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि भारतको लखनउ लगिएको छ ।

प्रहरीका अनुसार दुई समूहबीच लामोसमयदेखि रिसइवी थियो । शनिबार राति राप्तीसोनारीको विनौनामा वलीको समूहले दुईजनामाथि खुकुरी प्रहार गरेको थियो ।
एउटै समूहमा रहेका वली र समिर छुट्टिएपछि उनीहरूबीच टकराब बढेको हो। एमालेमा रहेका समिर वली समूहबाट छुट्टिएपछि कांग्रेसतर्फ लागेको बताइएको छ।

 
 

 

 

प्रतिक्रिया