सिन्धुलीको मरिण गाउँपालिकालाई बित्तिय सुशासन र सेवा प्रवाहमा उत्कृष्ट अवार्ड

काठमाडौं । सिन्धुलीको मरिण गाउँपालिका सुशासन मैत्री गुणस्तरीय सेवा प्रवाह गर्ने पालिकामध्ये देशैभरबाट पहिलो बनेको छ । 

 स्थानीय स्तरमा उत्कृष्ट सेवा प्रवाह गरेबापत पालिका प्रमुख बिमर्श मुक्तानलाई ग्यालेक्सी एक्सिलेन्स अवार्ड सिजन –३,२०२४ प्रदान गरिएको छ । वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा ९७.५ अङ्क प्राप्त गरी न्यून वित्तीय जोखिम र स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा ९४.७५ अंक प्राप्त गरी मरिण देश भरका गाउँपालिका मध्येबाट उत्कृष्ट बनेको हो ।

यो अवार्ड प्राप्त गर्दा आफू निकै हर्षित भएको अध्यक्ष मुक्तानले बताए । गाउँपालिकाका कर्मचारी र स्थानीय जनप्रतिनिधि लगायतका सबैको मेहनतबाट यो प्रतिफल प्राप्त भएको भन्दै मुक्तानले राजनीतिक दल,मरिणवासी लगायत सबैलाई आभार ब्यक्त गरेका छन् ।  उनले अवार्डले आफूलाई अझ मेहनतका साथ काम गर्ने हौसला मिलेको बताए । 
 

प्रतिक्रिया