थप ४ सय १६ जनामा डेंगु संक्रमण

काठमाडौं । नेपालमा थप ४ सय १६ जना डेंगु संक्रमित थपिएका छन् । देशभर ४ सय १६ जना थपिएसँगै संक्रमितको संख्या ३ हजार ७ सय ५५ पुगेको छ । 

साउन २८ मा संख्या ३ हजार ३ सय ३९ पुगेको थियो । गत वर्षको माघ मध्ययता ३ हजार ७ सय ५५ जनामा डेंगु संक्रमित देखिएको स्वास्थ्य सेवा विभाग अन्र्तगत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडी शाखाले जनाएको छ । 

७७ जिल्लामध्ये ७४ जिल्लामा डेंगु संक्रमण फैलिएको छ । तनहुँमा सबैभन्दा बढी ७ सय १५ जनामा डेंगु संक्रमित देखिएको छ । यो वर्ष डेंगुवाट २ जनाको मृत्यु भइसकेको छ । 

प्रतिक्रिया