परराष्ट्रमन्त्री आरजु राणा भारत प्रस्थान
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आइतबार छिमेकी मित्र राष्ट्र भारत प्रस्थान गरेकी छन् ।
त्रिभुवन विमानस्थलमा उनलाई परराष्ट्र सचिव सेवा लम्सालले विदाइ गरेकी हुन् । भारतीय समकक्षी डा. एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा मन्त्री राणा चार दिने भारत भ्रमणका लागि नयाँ दिल्ली गएकी हुन ।
भ्रमणका क्रममा मन्त्री राणाले आफ्ना समकक्षीसँग दुई देशबीचको आपसी हित, पारस्परिक सम्बन्धलाई अझ सबल तुल्याउने एवम् नेपाल–भारतबीचको सहकार्य प्रबद्र्धनबारे छलफल गर्ने कार्यक्रम छ । दुई देशबीचमा नियमित रुपमा हुँदै आएको उच्चस्तरीय भ्रमणले सदियौँ पुरानो द्विपक्षीय सम्बन्धलाई बहुआयामिक क्षेत्रमा सुदृढ एवम् प्रगाढ तुल्याउने अपेक्षा गरिएको छ ।
परराष्ट्र मन्त्री राणा यही भदौ ६ गते स्वदेश फर्कने तालिका छ ।
प्रतिक्रिया