प्रादेशिक अस्पतालको नयाँ भवनबाट सेवा सुरु

झापा । झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालले नयाँ भवनबाट बहिरङ्ग ओपिडी सेवा सुरु गरेको छ ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रामबाबु खड्काले आज वैदिक विधिबाट पूजाआजा गरी नयाँ भवनबाट ओपिडी सेवा सुरु भएको छ ।

अस्पतालमा ओपिडीमा सेवा लिन आउने सेवाग्राहीको चाप अधिक हुने गरेको पहिलो चरणबाट नयाँ भवनमा उक्त सेवा सुरुआत गरिएको निमित्त मेडिकल सुपरिटेन्डेट खड्काले जानकारी दिए  ।

“भवन निर्माण भएर मात्र हुँदैन, अन्य स्वास्थ्य सामग्री र उपकरण पनि चाहिन्छ”, उनले बताए , “त्यसैले ओपिडी सेवा मात्र सुरु भएको छ ।” उनले केही सामग्री खरिद गरिए पनि त्यो अपर्याप्त भएको उनले बताए  ।

पर्याप्त बजेट व्यवस्थापन गर्न सकिए नयाँ भवनबाट पूर्णरुपमा सेवा प्रवाह गर्न सकिने उनले बताए ।

नवनिर्मित अस्पताल भवनको तला थपका लागि सरकारले रु दुई करोड बजेट उपलब्ध गराएको छ । भवनको ठेक्का प्रक्रिया सुरु भई काम अघि बढाइने खड्काले बताए  ।
रासस

 

 

 

प्रतिक्रिया