ट्रम्पले भने ह्यारिसलाई हराउन सजिलो

एजेन्सी । अमेरिकी राष्ट्रपति चुनावमा रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्पले डेमोक्र्याट कमला ह्यारिसलाई हराउन रास्ट्रपति जो बाइडनलाई हराउनु भन्दा सहज हुने बताएका छन् । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार केहि सर्वेक्षणहरुले नोभेम्बर पाँचमा हुने राष्ट्रपति चुनावमा डेमोक्र्याट ह्यारिस अगाडी रहेको देखाएपनि ट्रम्पले उनलाई हराउन रास्ट्रपति जो बाइडनलाई हराउनु भन्दा सहज हुने दोहोर्‍याएका हुन् । 

पेन्सिलभेनियाको विल्क्स ब्यार्रीमा चुनावी सभालाई सम्बोधन गर्दै ट्रम्पले ह्यारिसलाई पागल राजनीतिज्ञको संज्ञा समेत दिए । ह्यारिस धेरै विषय र नीतिहरुमा निकै गलत रहेको समेत उनले दोहोर्‍याए । ह्यार्रिसले फ्रयाकिङ्ग उद्योगमाथि प्रतिबन्ध लगाउनेबारे राखेको धारणा निकै गलत र अमेरिकी हित विपरित रहेको उनले बताएका छन् । 

उता ह्यारिसले भने पेन्सिलभेनिया राज्यको पूर्वी सहर पिट्सबर्गबाट आफ्नो चुनावी यात्रा प्रारम्भ गरेकी छन् ।

प्रतिक्रिया