संसदीय विशेष समितिले आज एकैपटक पाँच सहकारी सञ्चालकसँग बयान लिँदै

काठमाडौं । सहकारीको रकम अपचलन सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले आइतबार एकैपटक पाँच सहकारी संस्थाका सञ्चालक तथा व्यवस्थापकसँग बयान लिने भएको छ । 

केहीलाई जेलबाट झिकाएर बयान लिन लागेको समितिले जनाएको छ । समितिले हालसम्म जेलमा रहेका १८ सहित ३४ जनाको बयान लिइसकेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित छविलाल जोशीको भने ७ गते गतेमात्रै बयान लिने तयारी गरिएको छ । 

समितिले विभिन्न प्रमाणका आधारमा प्रतिवेदन लेखन सुरु गरिसकेको छ । 

प्रतिक्रिया