रुसमा ७ म्याग्निच्युडको भूकम्पपछि ज्वालामुखी विष्फोट

एजेन्सी । रुसको पूर्वी तट नजिकै आइतबार बिहान शक्तिशाली भूकम्प गएको छ । 
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार स्थानीय समय अनुसार आइतबार बिहान ७ म्याग्निच्युडको भूकम्प गएको हो ।

शक्तिशाली भूकम्पपछि ज्वालामुखी विस्फोट भएको छ । भूकम्पको केन्द्रविन्दु रुसको सुदूरपूर्वमा रहेको कामचटका प्रायदीपको तट रहेको छ । भूकम्पपछि अमेरिकाले सुनामीको चेतावनी जारी गरेको छ । भूकम्पपछि केही परकम्पहरू पनि गएको बताइएको छ । भूकम्पका कारण ठूलो क्षति भएपनि क्षतिको विवरण आएको छैन 

सिभेलुच नामक गरेको उक्त ज्वालामुखी पेट्रोपाभ्लोभ्सक–कामचाट्स्कीभन्दा २ सय ८० माइल टाढा रहेको छ । सो शहरमा करिब १ लाख ८० हजार जनसङ्ख्या बसोबास गर्छन् । ज्वालामुखी विस्फोटपछि खरानी ८ किलोमिटरमाथि आकाशसम्म पुगेको थियो । ज्वालामुखी विस्फोटपछि लाभा पनि निस्किएको समाचारमा उल्लेख छ । हालसम्म कोही पनि घाइते भएको खबर प्राप्त भएको छैन ।

प्रतिक्रिया