गाजा युद्धविराम भ्रम हो : हमास

एजेन्सी ।  प्यालेस्टिनी सशस्त्र समूह हमासले गाजा युद्धविरामलाई ‘भ्रम’ को संज्ञा दिएको छ । हमासले गाजा युद्धविराम सम्झौतामा भएको प्रगतिलाई भ्रमको रूपमा वर्णन गरेको छ । 

यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्धविरामबारे सम्झौता हुनेमा आफू आशावादी रहेको बताएका थिए । अमेरिकी समर्थनमा कतारमा दुई दिनसम्म चलेको वार्तापछि राष्ट्रपति बाइडेनले शुक्रबार पहिलेभन्दा युद्धविरामको नजिक रहेको बताएका थिए । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनसार हमासका एक वरिष्ठ अधिकारीले युद्धविराम सम्झौतामा कुनै प्रगति नभएको बताएका छन् ।  हमासले यस विषयमा मध्यस्थकर्ताले भ्रम फैलाएको समेत बताएको छ । 

इजरायलले अमेरिका र मध्यस्थकर्ताहरूले हमासलाई मनाउन प्रयास गर्ने प्रयासको सराहना गर्दै उसले बन्धकहरूलाई रिहा गर्न अस्वीकार गरिरहेको दाबी गरेको समाचारमा उल्लेख छ । यसअघि संयुक्त विज्ञप्तिमा अमेरिका, कतार र इजिप्टले युद्धविराम र इजरायल र हमासबिचको मतभेद कम गर्न सक्ने बन्धकहरूको रिहाइसम्बन्धी प्रस्ताव राखेको बताएका थिए।

गत वर्षदेखि सुरु भएको इजरायली आक्रमणमा परी गाजामा हालसम्म  ४० हजार बढीले ज्यान गुमाएका छन् । हमासको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त इजरायली आक्रमणमा परी हालसम्म ९२ हजारभन्दा बढी घाइते भएका छन् । गत वर्षको अक्टोबरमा हमासले इजरायलमाथि आक्रमण गरेपछि इजरायलले गाजामा आक्रमण सुरु गरेको थियो । 


 

प्रतिक्रिया