आज राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आइतबार दिउँसो सवा १ बजे बस्दैछ । 

बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाल कानून व्यवसायी परिषद् दोस्रो संशोधन विधेयक, २०८१ सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची छ । 

त्यस्तै, कानुनमन्त्री चौरसियाले नै प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएको व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तु गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया