पराष्ट्रमन्त्री आरजु राणा आज भारत भ्रमणमा जाँदै

काठमाडौं । पराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आइतबार छिमेकी मित्र राष्ट्र भारतको औपचारिक भ्रमणमा जान लागेकी छन् । 

भारतीय समकक्षी डा. एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा मन्त्री राणा चार दिने भारत भ्रमणमा आइतबार निस्कन लागेको परराष्ट्र मन्त्रालले जनाएको छ ।

भ्रमणका क्रममा मन्त्री राणाले आफ्ना समकक्षीसँग दुई देशबीचको आपसी हित, पारस्परिक सम्बन्ध अझ सबल तुल्याउने एवम् नेपाल–भारतबीचको सहकार्य प्रबर्द्धननबारे छलफल गर्ने कार्यक्रम रहेको छ । 

दुई देशबीचमा नियमित रुपमा हुँदै आएको उच्चस्तरीय भ्रमणले सदियौँ पुरानो द्विपक्षीय सम्बन्धलाई बहुआयामिक क्षेत्रमा सुदृढ एवम् प्रगाढ तुल्याउने अपेक्षा गरिएको छ । 

परराष्ट्रमन्त्री राणा यही भदौ ६ गते स्वदेश फर्कने तालिका छ । 

प्रतिक्रिया