अफ्रिकामा १८ हजार भन्दा बढीमा एमपक्स सङ्क्रमण

एजेन्सी । अफ्रिकामा १८ हजार भन्दा बढीमा एमपक्स सङ्क्रमण पुष्टि भएको छ ।

एक सातामै १ हजार २ सय जनामा एमपक्स सङ्क्रमण प्रमाणित भएसँगै सन् २०२४ को जनवरीदेखी अफ्रिकामा १८ हजार ७ सय ३७ जनामा भाइरसको सङ्क्रमण फेला परेको अफ्रिकी युनियन स्वास्थ्य एजेन्सीले जनाएको छ । 

पछिल्लो समय बढिरहेको एमपक्स सङ्क्रमणलाई विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गत बुधबार अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकाल घोषणा गरेको थियो ।  हालसम्म १२ अफ्रिकी सदस्य राष्ट्रहरूमा सङ्क्रमण कारण ५ सय ४१ जनाको मृत्यु भएको रोग नियन्त्रण र रोकथामका लागि अफ्रिका केन्द्र (सीडीसी) ले जनाएको छ ।  

सङ्क्रमणबाट सबैभन्दा बढी प्रभावित देश कङ्गोमा सन् २०२३ सेप्टेम्बरमा पहिलो पटक भाइरसको नयाँ ’क्लेड–१ बी’ भेरियन्ट पत्ता लागेको थियो  । जहाँ १ सातामा १ हजार ५ जनामा सङ्क्रमण पुष्टि भएकोमा २४ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया