सहकर्मी हत्याको विरोधमा भारतीय चिकित्सकहरुकाे देशव्यापी हडताल

एजेन्सी । सहकर्मी हत्याको विरोधमा भारतीय चिकित्सकहरु देशव्यापी हडतालमा उत्रिएका छन् ।

घटनाको विरोधमा भारतीय चिकित्सकहरुले शनिबार राष्ट्रव्यापी विरोध र हडताल गरेका हुन् । 

पूर्वी सहर कोलकाताको एक सरकारी अस्पतालमा अगस्ट ९ मा ३१ वर्षीया चिकित्सकको रगतले लतपतिएको शव प्राप्त भएपछि देशव्यापी विरोध प्रदर्शन सुरु भएको हो । स्वास्थ्यकर्मीहरुले नेतृत्व गरेको हड्तालमा दोषीलाई कारबाहीको माग गर्दै दशौँ हजार सर्वसाधारण पनि सहभागी भएका छन् । मृतक चिकित्सकको शव शिक्षण अस्पतालको सेमिनार हलमा फेला परेको थियो ।

शवपरीक्षण प्रतिवेदनबाट यौन उत्पीडनको पुष्टि भएको छ भने  अदालतमा दर्ता भएको निवेदनमा पीडितका आमाबाबुले छोरीलाई सामूहिक बलात्कार गरेको आशङ्का व्यक्त गरेका छन् । कोलकाताको प्रहरीले उक्त मुद्दालाई गलत तरिकाले लिएको आरोप लगाई उच्च अदालतले “जनताको विश्वास जगाउन“ अनुसन्धानलाई भारतको शीर्ष केन्द्रीय अनुसन्धान ब्यूरोलाई हस्तान्तरण गरेको छ ।

 हड्तालमा संलग्न चिकित्सकहरुले स्वास्थ्य सेवाकर्मीलाई हिंसाबाट जोगाउन केन्द्रीय सुरक्षा ऐन लागु गर्न माग गरिरहेका छन् । हडतालले नियमित स्वास्थ्य सेवा प्रवाहमा समेत  बाधा पुर्‍याएको छ ।


 

प्रतिक्रिया