समाज र राष्ट्रका लागि दिएको योगदान समय सन्दर्भ अनुसार मूल्यांकन गर्नुपर्छ : विद्यादेवी भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समाज र राष्ट्रका लागि दिएको योगदानलाई समय सन्दर्भ अनुसार मूल्यांकन गर्नुपर्ने बताएकी छन् । 

शनिवार काठमाडौंमा वामपन्थी नेता तथा पूर्व सांसद गणेश पण्डितको स्मृति ग्रन्थ लोकार्पण समारोहमा पूर्वराष्ट्रपति भण्डारीले कोही पनि व्यक्तिले समाज र राष्ट्रका लागि दिएको योगदानलाई समय र सन्दर्भ अनुसार मापन गर्न सक्नुपर्ने बताएकी हुन् । 

उनले स्व. गणेश पण्डितले २०१७ देखि २०४६ सम्म लादिएको निरंकुश पञ्चायती तानाशाही शासनको कहाली लाग्दो अवस्थामा आफ्नो प्राणलाई हत्केलामा राखि राजनीतिमा होमिएको स्मरण समेत गरिन् । अनेक यातना र जेलनेल भोग्दा समेत राजनीतिमा हामिनु महत्वपूर्ण भएको उनको भनाइ छ ।

पूर्वराष्ट्रपति भण्डारीले अफ्ठ्यारो परिस्थितिमा समेत नेता र कार्यकर्ताले देश र जनताका लागि निडरताका साथ उभिनुपर्ने पनि बताइन् । 

प्रतिक्रिया