गोसाइँकुण्ड मेलाका लागि तीर्थालु आउन थाले
रसुवा । भदौ ३ गते जनैपूर्णिमाका दिन लाग्ने गोसाइँकुण्ड मेलाका लागि गोसाइँकुण्डमा तीर्थालु भक्तजन आउने क्रम शुरु भएको छ ।
जनैपूर्णिमाका दिन हरेक वर्ष पवित्र तीर्थस्थल गोसाइँकुण्डमा मेला भर्न देशैभरबाट हजारौं मानिस आउने गर्छन । मेलाका लागि सम्पूर्ण तयारी पूरा भएको मेला व्यवस्थापन समितिले जनाएको छ ।
यसपटक मेला स्थलमा तीर्थालु भक्तजनलाई रातिको समयमा उज्यालो पुर्याउने उद्देश्यले पहिलो पटक बिजुली बत्ती बालिएको छ ।
प्रतिक्रिया