बागमतीमा ७२ हजार पशुलाई लम्पी स्किन संक्रमणविरूद्धको खोप

काठमाडौं । गाईभैंसीमा लाग्ने संक्रामक रोग लम्पी स्किनविरुद्धको खोप अभियान अन्तर्गत बागमती प्रदेशमा झण्डै ७२ हजार पशुमा खोप लगाइएको छ । 

यो खोप अभियानको लक्ष्यभन्दा ४ हजारले कम हो । बागमतीको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रदेशका १३ वटा जिल्लामा गरि ७६ हजार २७५ गाई भैंसीमा खोप लगाउने लक्ष्य राखेकोमा ७१ हजार ९७७ पशुमा खोप लगाइएको हो ।

मन्त्रालयले २५ साउनदेखि ३१ गतेसम्म ११९ वटै स्थानीय तहको समन्वयमा खोप अभियान चलाएको थियो । काठमाडौंमा ५ हजार १ सय ३६, ललितपुरमा २ हजार १ सय ४५, भक्तपुरमा ६ सय ९४, धादिङमा ७ हजार ४ सय ९२, काभ्रेमा ८ हजार ५ सय १३, नुवाकोटमा ८ हजार ४८, रसुवामा ४ हजार ४ सय १० वटा गाई भैंसीमा खोप लगाइएको छ ।

 यस्तै, सिन्धुलीमा ५ हजार ४ सय ३७, रामेछापमा ४ हजार २ सय २२, दोलखामा ७ हजार २ सय ८७, सिन्धुपाल्चोकमा १ हजार ३ सय २, चितवनमा १० हजार २ सय ७९ र मकवानपुरमा ७ हजार १२ वटा गाई भैंसीमा खोप लगाइएको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले मकवानपुरमा ७ हजार पाँच सय, ललितपुरका लागि ८ हजार ३ सय २५, नुवाकोटका लागि ११ हजार, धादिङका लागि ६ हजार ९ सय, चितवनका लागि ८ हजार, दोलखाका लागि ५ हजार, काभ्रेका लागि ८ हजार, सिन्धुलीका लागि ८ हजार दुई सय ५० डोज खोप लगाउने लक्ष्य लिएको थियो ।

प्रतिक्रिया