प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेटवार्ता

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति  शेरबहादुर देउवाबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री निवासमा शनिबार अपराह्न भएको  भेटमा उनीहरुबीच सरकार सञ्चालन तथा भावी योजनाबारे विचारविमर्शको भएको प्रधानमन्त्री ओलीले आफ्नो फेसबुकमार्फत जनकारी दिएका छन् । 

‘आज शनिबार, नेपाली कांग्रेसका सभापति, पूर्वप्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाजीसँग कुराकानी भयो । केही जानकारी आदानप्रदान, केही राजनीतिक विमर्श भए । सरकारले गरिरहेका र गर्नुपर्ने कामका विषयमा पनि कुरा भए,’ उनले लेखेका छन् ।

प्रतिक्रिया