औषधिको मूल्य समायोजन गर्न जरुरी छ : स्वास्थ्यमन्त्री पौडेल
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले औषधिको मूल्य समायोजन गर्न जरुरी रहेको बताएका छन् ।
शनिबार ललितपुरमा नेपाल औषधि व्यवसायी संघको १९औं वार्षिक साधारण सभामा बोल्दै मन्त्री पौडेलले औषधिको मूल्य समायोजन नहुँदा गलत गर्नेलाई फाइदा र सही गर्नेलाई अफ्ठ्यारो भइरहेको बताएका हुन् ।
उनले मूल्य समायोजन नहुँदा ठगी र महंगीका धेरै प्रश्न उठिरहेको भन्दै समाययोजन गर्नुपर्ने बताए । मन्त्री पौडेलले राज्यले स्वास्थ्य सेवा निःशुल्क, सर्वसुलभ र सबै नागरिकको पहुँचमा पुर्याउन स्वास्थ्य क्षेत्रमा लगानी बढाउनुपर्ने पनि स्पष्ट पारे ।
मन्त्री पौडेलले बीमाको श्रोत सुनिश्चित गर्नुपर्ने पनि बताए । उनले राज्यले चिनीजन्य, मदिराजन्य पदार्थमा लिएको करको अधिकतम हिस्सा बीमामा ल्याएर जोड्नुपर्ने उल्लेख गरे ।
प्रतिक्रिया