एलिजे र आयुषको गीतमा ७ दिनमा ४० लाख बढी भ्युज
काठमाडौं । चर्चित टिकटकर जोडी एलिजे जमाली र आयुष सिंह ठकुरीको गीत ‘इश्क का आलम’ लाई ७ दिनमा ४० लाख भन्दा बढीले हेरेका छन् ।
केशवराज भट्टको निर्देशनमा तयार भएको गीतमा एलिजे र आयुषको अभिनय रहेको छ । ८ मिनेट २८ सेकेण्ड लामो यस गीतमा उनीहरुले आफ्नो प्रेम कथालाई प्रस्तुत गरेका छन् ।
साहिराज खातीको आवाज रहेको गीतमा शंकर थापाको संगीत रहेको छ भने नेत्र लोजा गुरुङ, सूरज शाक्य निर्माता रहेका छन् । यस गीतलाई नेपालको बिभिन्न ठाउँमा छांयाकन गरिएको छ।
केही समय अगाडी एलिजे र आयुषले दुबईमा आफ्नो ईन्गेजमेन्ट समारोह सम्पन्न गरेका थिए । यी दुईको ईन्गेजमेन्टको क्लिप्सहरु टिकटकमा भाइरल भएका थिए । दुवैले आफ्नो–आफ्नो अकाउन्टबाट ईन्गेजमेन्ट भएको जानकारी दिएका थिए ।
प्रतिक्रिया