हिमपोखरी फुटेर थामेमा बाढी, अरुपनि जोखिममा

काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङह्लामु गाउँपालिका ५ मा पर्ने थामे खोलामा शुक्रबार चलेको बाढीमा हिमपोखरी फुटेको पाइएको छ ।

थामे गाउँ माथि रहेको दुईवटा पोखरी फुटेर थामे खोला र दुधकोशी नदीमा बाढी आएको स्थलगत अध्ययन टोलीले निष्कर्ष निकालेको छ । शुक्रबार करिब दिउँसो  जिल्ला सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे स्थित थामे खोलामा पानीको बहाव बढेको थियो । 

रक्षामन्त्री मानवीर राईसहित खुम्बु क्षेत्रको थामे पुगेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले हेलिकोप्टरबाट खिचिएको  फोटोमा बाढीले २ वटा हिमपोखरी सोहरेको र अन्य २ हिमपोखरी उच्च जोखिममा रहेको देखाइएको छ । 

थामेमा आएको बाढीबाट २० वटा घर र होटल, तीनवटा विद्यालय र होस्टेल तथा एउटा क्लिनिक पूर्ण रूपमा क्षतिग्रस्त भएको बताइएको छ । यसका सथै बाढीपछि सोलुखुम्बुको नाम्चेभन्दा माथिको आवातजावत ठप्प भएको छ ।

प्रतिक्रिया