सरकारले अर्थतन्त्रमा रहेको मन्दीलाई चिर्न कार्यक्रमहरु बनाइरहेको छ :उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले अर्थतन्त्रमा रहेको मन्दीलाई चिर्न कार्यक्रमहरु बनाइरहेको बताएका छन् । 

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले मन्दीमा रहेको अर्थतन्त्रलाई सबल बनाउन कार्यक्रमहरु बनाइरहेको बताएका हुन् । 

उनले आम नेपालीको अपेक्षालाई मूर्त रुप दिन वर्तमान सरकार बनेको दाबी समेत गरे । उनले अर्थतन्त्रमा सुधार ल्याउन, सामाजिक रुपमा हुनुपर्ने काममा रहेका बाधा अड्चन हटाउन र देशमा सुशासन कायम गर्न सरकार लागिपरेको पनि बताए । 

उपप्रधानमन्त्री सिंहले काठमाडौंको १ नम्बर निर्वाचन क्षेत्रमा विकास निर्माणको कामलाई प्रभावकारिताका साथ अघि बढाउने प्रतिवद्धता पनि जनाए ।
 

प्रतिक्रिया