युक्रेनी सेनाद्वारा प्रमुख रुसी पुल ध्वस्त

एजेन्सी । युक्रेनी सेनाले रुसको कुर्स्क क्षेत्रमा आक्रमण जारी राख्दै सेम नदीमा रहेको पुल ध्वस्त परेको छ । 

ग्लुसकोवो शहर नजिकै युक्रेनी सेनाले पुल ध्वस्त परेपछी एक शहरको सम्पर्क बाँकी क्षेत्रसँग तोडिएको छ। युक्रेनी सेनाले भत्काएको उक्त पुल रुसी सैनिकलाई अत्यावश्यक सामान आपूर्ति गर्न प्रयोग हुने गरेको थियो। तर, अहिले पुल भत्किएपछि यसमा रोकावट आउन सक्नेछ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सेनाले कुर्स्क क्षेत्रमा आफ्नो स्थिति बलियो बनाउँदै गरेको जनाएका छन्। कुर्स्क क्षेत्रको बदलामा रुसलाई युक्रेनी भू(भागमाथिको आफ्नो कब्जा त्याग्न समेत जेलेन्स्कीले माग गर्न सक्ने देखिएको छ । 

यसअघि युक्रेनका शीर्ष कमाण्डर ओलेक्सान्डर सिर्स्कीले युक्रेनी सेनाले रुसको कुर्स्क क्षेत्रमा आफ्नो सैन्य कार्यालय स्थापना गरेको बताएका थिए । सिर्स्कीका अनुसार सेनाले यस कार्यालयबाट रुसमाथि हमला गर्न जारी राखेको छ। सामाजिक सञ्जालमा पोष्ट गरिएको भिडियोमा जनरल सिर्सकीले युक्रेनको नियन्त्रणमा रहेको क्षेत्रमा यो कार्यालय बनाएको बताएका छन्।

युक्रेनी जनरल सिर्स्कीका अनुसार युक्रेनी सेना कुर्स्क क्षेत्रमा ३५ किलोमिटर अगाडि बढेका छन्। तिनीहरूले एक हजार १५० वर्ग किमी, ८२ बस्तीहरू आफ्नो नियन्त्रणमा लिएका छन्। यो युक्रेनले रुसमाथि गरेको अहिलेसम्मकै सबैभन्दा खतरनाक आक्रमण हो। तर, युक्रेनले रुसको भूभाग कब्जा गर्न इच्छुक नभएको बताएको छ।

प्रतिक्रिया