नरेन्द्र मोदी र युनुसबीच फोनवार्ता

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बंगलादेशका अन्तरिम सरकार प्रमुख डा.मोहम्मद युनुसबीच फोनवार्ता भएको छ ।

बंगलादेशमा सत्ता परिवर्तन र अन्तरिम सरकार गठनपछि  युनुस र प्रधानमन्त्री मोदीबीचको यो पहिलो वार्ता हो ।  मोदीले माइक्रो ब्लगिङ वेबसाइट एक्समा एउटा पोस्टमा युनुसले आफूलाई फोन गरेको बताएका हुन् । 

 ‘मलाई मोहम्मद युनुसको फोन आएको थियो । यस क्रममा हामी दुवैले बङ्गलादेशको वर्तमान अवस्थाबारे कुरा गर्‍यौँ,’ मोदीले लेखेका छन् ।  ‘लोकतान्त्रिक, स्थिर, शान्तिपूर्ण अनि प्रगतिशील बङ्गलादेशको लागि मैले भारतको समर्थन दोहोर्‍याएको छु । उनले पनि बङ्गलादेशमा हिन्दु अनि सबै अल्पसङ्ख्यकहरूको सुरक्षाको आश्वासन दिएका छन्’ मोदीले लेखेका छन् । 

बंगलादेशमा आरक्षणको विरोधमा भएको प्रदर्शनपछि शेख हसिनाले अगस्ट ५ मा बंगलादेशको प्रधानमन्त्री पदबाट राजीनामा दिएकी थिइन् । त्यसपछि उनी भारतमा छीन् । अहिले बंगलादेशमा युनुसको नेतृत्वमा अन्तरिम सरकार छ ।

प्रतिक्रिया