बागमती र गण्डकी प्रदेशका केही स्थानमा  भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको उत्तरतर्फ तथा पश्चिम तर्फ सरदर स्थानको आसपास रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती प्रदेश र गण्डकी प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रहेको छ भने बाँकी प्रदेशहरुमा आन्शिक देखि साधारणतया बदली रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै  स्थानहरुमा  मेघगर्जन र चट्याङ सहित हल्का देखी मध्ययम वर्षा भइरहेको ।

शनिबार दिउँसो देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

गस्तै, शनिबार राती देशभर आन्शिक देखि साधारणतया बदली रहने छ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती  प्रदेश र गण्डकी  प्रदेशका  एक(दुई स्थानमा  भारी वर्षाको  सम्भावना रहेको छ।

प्रतिक्रिया