अजरबैजान भ्रमणको तयारीमा राष्ट्रपति पुटिन

एजेन्सी ।  रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले आइतबार अजरबैजानको दुईदिने भ्रमण गर्ने क्रेमलिनले जनाएको छ ।

भ्रमणका क्रममा रूस–अजरबैजान सम्बन्धको थप विकासका साथै अन्तर्राष्ट्रिय र क्षेत्रीय समस्याहरू छलफल गरिने क्रेमलिनले शुक्रबार एक विज्ञप्तिमा उल्लेख गरेको छ । 

सन् २०१८ देखी राष्ट्रपति पुटिनको अजबैजानको यो पहिलो भ्रमण हुनेछ ।  रूसले अजरबैजान र अर्मेनिया बीचको शान्ति निर्माताको रूपमा आफूलाई पुनः स्थापित गर्ने उदेश्यका साथ यो भ्रमण हुन लागेको हो ।  

ककेसस क्षेत्रमा रूसको प्रभाव हालैका वर्षहरूमा घटेको छ । ककेसस क्षेत्र ’ब्ल्याल सी’ र क्यास्पियन सागरको बिचमा अवस्थित एक पहाडीस्थल हो । यो क्षेत्रमा अजरबैजानसहित ६ वटा राष्ट्र रहेको छ ।  

मस्कोले सन् २०२२ मा युक्रेनमा आफ्नो आक्रमण सुरु गरेदेखि युरोपेली देशहरूले तेल र ग्यासको लागि अजरबैजानलाई विकल्पको रूपमा हेरेको छ । 

रासस 
 

प्रतिक्रिया