सोलुखुम्बुका बाढी पीडितलाई उद्धार एवं राहत वितरण गर्न मुख्यमन्त्री कार्कीद्वारा निर्देशन

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे गाउँमा थामे खोला र भोटेकोशीको बाढी र पहिरोपीडित भएकाहरुलाई तत्काल उद्धार गर्न सुरक्षा निकायलाई  निर्देशन दिएका छन् । 

उनले बाढी र पहिरोमा परेकालाई तत्काल उद्धार एवं राहत वितरण गर्न निर्देशनसँगै सो स्थानमा उद्धार टोली पुगिसकेको मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले जानकारी दिए । 

खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेमा आज दिउँसो बाढी र पहिरो आएपछि मुख्यमन्त्री कार्कीले सुरक्षा निकायलाई निर्देशन दिएका हुन्  । 

रासस 

 

 

प्रतिक्रिया