मुलुकलाई अगाडि बढाउन संविधान संशोधन आवश्यक छ :  ईश्वर पोखरेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मुलुकलाई विकास, समृद्धि र स्थिरताको बाटोमा अगाडि बढाउन संविधानका केही प्रावधानलाई संशोधन गर्न आवश्यक रहेको बताएका छन् । 

नेपाल बुद्धिजीवी परिषद्ले शुक्रबार  आयोजना गरेको  काठमाडौं सहरीकरणः वर्तमान प्रवृत्ति, योजना र लगानी’ बिषयक अन्तरक्रियामा उनले एमाले र नेपाली कांग्रेसबीच भएको सहमतिले मुलुकमा देखिएको राजनीतिक अस्थिरता अन्त्यको सुरुआत गरेको समेत बताएका छन् ।  

वरिष्ठ उपाध्यक्ष पोखरेलले काठमाडौं  ललितपुर र भक्तपुरको एकीकृत विकासका लागि भू–उपयोग नीति आवश्यक रहेको धारणा राखे ।

कार्यक्रममा एमाले काठमाडौं जिल्ला कमिटी अध्यक्ष दीपक निरौलाले अव्यवस्थित बसोबास व्यवस्थित गर्न पनि भूउपभोग नीति आवश्यक रहेकामा जोड दिए ।   

रासस 
 

प्रतिक्रिया