भोटेकोशीको बहाव बढेर थामे गाउँमा क्षति : प्रहरी

विराटनगर । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेस्थित रहेको भोटे कोशीमा अचानक बहाव बढेपछि त्यहाँ क्षेति भएको प्रहरीले जनाएको छ  ।

शुक्रबार  दिउँसो भोटेकोशीको बहाव बढेर थामे क्षेत्रमा रहेका तीनवटा घर बगाएको छ भने एक होस्टेल र चार÷पाँचवटा घर जोखिममा रहेको कोशी प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिए ।घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय थाम्बुचे र इलाका प्रहरी कार्यालय नाम्चेबाट प्रहरी टोली खटिएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको वरिष्ठ प्रहरी उपरीक्षक दाहालले जानकारी दिए ।

रासस

प्रतिक्रिया