सरकार जनताको अवस्था परिवर्तनको निम्ति गठन भएको हो : उपप्रधानमन्त्री सिंह

फाइल तस्बिर

काठमाडौं । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले जनताको अवस्था परिर्तनको निम्ति वर्तमान सरकार गठन भएको बताएका छन्  । कान्तिपुर सिटी कलेजले शुक्रबार  आयोजना गरेको शैक्षिक प्रदर्शनीको उद्घाटन गर्दै उनले मुलुकमा व्यवस्था परिवर्तन भए पनि जनताको अवस्थामा परिवर्तन आउन नसेकको उल्लेख गरे । 

उपप्रधानमन्त्री सिंहले जनताको अवस्थामा आमूल परिवर्तन गर्नका लागि सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा (एमाले) मिलेर संयुक्त सरकार गठन गरिएको बताए ।  उनले देशको बारेमा नकारात्मक टिप्पणी मात्रै गर्नेभन्दा पनि प्राप्त उपलब्धिलाई संस्थागत गर्दै  समृद्ध नेपालको निम्ति लाग्न सबैमा अनुरोध गरे । 

नेपाली शैक्षिक प्रणालीलाई रोजगार तथा सिपमूलक र उत्पादनमुखि बनाउनु पर्नेमा जोड दिँदै उपप्रधानमन्त्री सिंहले समग्र शिक्षा प्रणालीलाई उत्कृष्ट बनाउनका लागि ऐन कानुन तथा नीति परिवर्तन गर्नु परेको खण्डमा सरकार तयार रहेको बताए ।

कार्यक्रममा पूर्वमन्त्री गणेश शाहले नेपालको शिक्षामा गुणस्तर वृद्धि गर्नका लागि पूरानै शैली वा परम्पराभन्दा पनि अध्यापन शैली नै परिवर्तन गर्नु पर्नेमा जोड दिए । 

रासस 
 

प्रतिक्रिया