BREAKING:
सात दिनको युद्धविरामपछि इजरायलद्वारा गाजामा आक्रमण तिव्र जाजरकोटमा अस्थायी आवास निर्माणका लागि ४६ करोड निकासा जुनसुकै विकल्प रोजेर भएपनि निर्माण व्यवसायीलाई भुक्तानी दिलाउनु पर्छः मन्त्री ज्वाला सडकमा नारा लगाउँदैमा राजतन्त्र नफर्कने गृहमन्त्री श्रेष्ठको भनाइ बैंकले बढी ब्याज लिए राष्ट्र बैंकमा गुनासो गर्न गभर्नर अधिकारीको आग्रह केपी ओली कप क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशलाई टेकनाथ रिजाललाई धरौटीमा छाड्न आदेश, टोपबहादुर थुनामै पूर्व यूवराज्ञी हिमानीे अन्र्तराष्ट्रिय स्तरको पुरस्कारबाट सम्मानित माघ ११ गते हुन लागेको राष्ट्रिय सभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक सरकार केही समयमा आफै ढल्ने नेकपा एमाले अध्यक्ष ओलीको दाबी सिरहाका मिटरब्याजी पीडितहरु फेरी आन्दोलित इजरायली सेनाद्वारा गाजापट्टीमा पुन: स्थल आक्रमण दशैं–तिहारका च्याङ्ग्रा नबिकेपछि सूचना निकालेर लिलाम नेपालमा काम गर्न नदिने प्रवृत्ति र व्यक्ति बढे: कुलमान घिसिङ ठूला १७ वटा निर्माण कम्पनी कालोसूचीमा पेट्रोलियम पदार्थको मुल्य घट्यो ३१ यात्रु छोडिएकोप्रति पर्यटनमन्त्री किराँती मागे माफी चिसोले जाजरकोट र रुकुम पश्चिमका तेइस जना भूकम्प पीडितको मृत्यु नक्कली भुटानी प्रकरणमा आज आदेश आउने सम्भावना गाजामा हमासले बन्धक बनाएका थप आठ बन्धक रिहा विपिन जोशीको रिहाइ गर्न अन्तर्राष्ट्रिय शक्तिहरुसँग आग्रह गरिने ढुक्क भएर लगानी बढाउन विदेशी लगानीकर्ताहरुसँग सभामुख घिमिरेको आग्रह भुकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलो गरिदैन: गृहमन्त्री श्रेष्ठ त्रिभुवन आर्मी केपी ओली कप क्रिकेटको फाइनलमा सरकारी पुर्वाधार निर्माणमा कम उमेरका वालवालिक श्रमीक अमेरिकी पूर्वविदेशमन्त्री हेनरीको सय वर्षको उमेरमा निधन इजरायल-हमास युद्धविराम थप एक दिन कायम रहने नक्कली शरणार्थी मुद्दामा प्रतिवादीतर्फका कानुन व्यवसायीले जवाफी बहस गर्दै तस्करी फस्टाउँदा भन्सारको राजश्व असुली घट्न थाल्यो कञ्चनपुरका उखु किसान सरकारी अनुदानबाट वञ्चित दक्षिण कोरियारले उत्पादनमूलकतर्फ थप दुई क्षेत्रमा नेपाली श्रमिक लैजाने मौद्रिक नीतिले गरेका व्यवस्थालाई खुकुलो बनाउन व्यवसायीहरुको माग थप हिमशृङ्खलामा आरोहण खोल्ने सरकारको तयारी ऋण मुक्त भयो आयल निगम एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान झुलाघाटवाट सुरु कोप’ २८ आजवाट युएईमा सुरु हुँदै, पर्वतीय क्षेत्रका विशिष्ट मुद्दा उठाउने नेपालको तयारी हमास र इजरायलविच युद्धविराम मध्यस्तताका लागि अमेरिकी विदेशमन्त्री तेल अभिभमा रास्वपाको उपसभापति बने स्वर्णिम वाग्ले सरकारप्रतिको आक्रोशलाई व्यवस्था बिरोधी अभियानमा संगठित गर्न खोजियो: महेश बर्तौला रास्वपाले लोक कल्याणकारी राज्यको अवधारणालाई पार्टीको मार्गदर्शन सिद्धान्त मान्ने एनसेलबाट बाहिरिने आजियाटा समूहको घोषणा सुत्केरी मृत्युको घटनालाई लिएर डाक्टरमाथि कुटपिट सुनको मूल्यमा नयाँ कीर्तिमान,  तोलामा १६ सय रुपैयाले बढ्यो राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते गर्ने मन्त्रिपरिषद्को निर्णय नक्कली शरणार्थी प्रकरणमा आजबाट सरकारी वकिलले बहस गर्ने ५५ वटा इन्टरनेट सेवा प्रदायकहरुको लाइसेन्स खारेज गर्ने प्राधिकरणको चेतावनी चिसोका कारण भूकम्पप्रभावित दुईजनाको मृत्यु जलवायु सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल यूएई जाँदै तनहुँको घाँसीकुवामा बस दुर्घटना, दुई जनाको मृत्यु रुसी सेनामा सम्बद्ध चार नेपालीको मृत्यु भएको पुष्टि हमासद्वारा १२ र इजरायलले ३० जना प्यालेस्टाइनी रिहा बार्सिलोना च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश हिमालय रोडिज-५ को उपाधि सञ्जिप राईलाई सांसदहरू आत्म केन्द्रित र प्रचारमुखी भएको रास्वपाको निस्कर्ष दक्षिण कोरियाले आगामी वर्षदेखि पाँच क्षेत्रमा नेपाली कामदार लैजाने जाजरकोट भुकम्पपीडित सुत्केरी, ज्येष्ठ नागरिक चिसोको अत्याधिक मारमा बजेट अभाव देखाउदै संसद सचिवालय दातृ निकायबाट धमाधम सहयोग लिँदै चिनी मिलले प्रदुषण बढाएको भन्दै स्थानिय आन्दोलित गणतन्त्रविरुद्ध भ्रम फैलाएर अराजकता सिर्जना गर्न खोजियो: प्रधानमन्त्री दाहाल

२ दर्जन बैंकलाई कारबाही

केन्द्रीय बैंकले अनुगमनका क्रममा निर्देशन पालना नगरेको भेटिएपछि कारबाही गरिएको हो। केन्द्रीय बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ९ वटा वाणिज्य बैंकलाई आर्थिकदेखि सचेत गराएको छ। यसअघि चालू आवकै पहिलो त्रैमासमा पनि ८ वटा वाणिज्य बैंक कारबाहीको दायरामा आएका थिए। यस्तै पहिलो त्रैमासमा ६ विकास बैंक र ४ वित्त कम्पनी पनि कारबाहीको दायरामा आइसकेका छन्। 

नेपाल राष्ट्र बैंकका प्रवक्ता डा.गुणाकर भट्ट केन्द्रीय बैंकले  बैंक तथा वित्तीय संस्थाको नियमित सुपरिवेक्षण गर्ने क्रममा देखिएका नीतिगत व्यवस्थाको उल्लंघन गरेकालाई कारबाही गरिएको बताए। बैंक तथा वित्तीय संस्थाको स्थलगत तथा गैरस्थलगत र आकस्मिक निरीक्षण गर्दै आएको छ।  ‘स्थलगत तथा गैरस्थलगत र आकस्मिक निरीक्षण गर्छ। निर्देशनको पालना नभएको पाइएमा कारबाही गर्छ,’ डा. भट्टले अन्नपूर्णसँग भने। 

चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा (कात्तिक–पुस) ४ वटा बैंक (प्रभु, कुमारी, प्राइम, नबिल र तत्कालीन बैंक अफ काठमान्डू (हाल ग्लोबल आईएमई)ले सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन र निर्देशनको उल्लंघन गरेको भन्दै दुई करोड जरिबाना गरेको छ। प्रत्येक बैंकलाई ५०÷५० लाख रुपैयाँको दरले जरिबाना लगाइएको हो। यद्यपि चालू आवकै पहिलो त्रैमासमा पनि सम्पत्ति शुद्धीकरणको व्यवस्था पालना नगरेको भन्दै कृषि विकास बैंकलाई २० लाख रुपैयाँको जरिबाना लगाइएको थियो। यससँगै पहिलो त्रैमासमै विपन्न वर्ग क्षेत्र कर्जाको सीमाअनुसार नगरेको भन्दै बैंक अफ काठमान्डू (हाल ग्लोबल आईएमई)लाई २ करोड ११ लाख ८५ हजार ६० रुपैयाँबराबरको आर्थिक जरिबाना लगाइएको थियो। 

पछिल्लो समय कारबाहीको दायरामा परेको माछापुच्छ«्रे बैंकलाई केन्द्रीय बैंकले जारी गरेको एकीकृत निर्देशन २०७८ को कार्यान्वयनको सम्बन्धमा क्यापिटल एडिक्विसी फ्रेमवर्क २०१५ अनुसार जोखिम सम्पत्ती गणना नभएको कारणले पुँजीकोष पर्याप्तको यथार्थ विवरण पेस नगरेको देखिएकोले बैंकको प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको छ। 

सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृतलाई थप सुविधा प्रदान गरेको देखिएकाले यसो नगर्न सचेत गराइएको राष्ट्र बैंकले बताएको छ। एकपटक प्रिमियम दर निर्धारण गरी ऋणीलाई दिइने कर्जा प्रस्तावपत्रमा उल्लेख गरी कर्जा प्रवाह गरेपछि प्रिमियम दर वृद्धि गर्न वा कुनै किसिमको डिस्काउन्ट प्रदान गरी पुनः स्वतः वृद्धि हुने जस्ता योजना लागू गर्न नहुने व्यवस्थामा तत्कालीन नेपाल इन्भेस्टमेन्ट बैंक (हाल नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड), माछापुच्छ्रे बैंक र सिभिल बैंकले पालना नगरेकाले सचेत गराएको थियो।  

सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी व्यवस्थाअन्तर्गत ग्राहक पहिचानसम्बन्धी व्यवस्था कार्यान्वयन नभएकाले नबिल बैंकलाई सचेत गराएको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन र निर्देशन उल्लंघन गर्दा कारबाहीमा परेको प्रभु बैंकले राष्ट्र बैंकको निर्देशनअनुसार कालोसूचीसम्बन्धी व्यवस्था कार्यान्वयन गरेको छैन। यो कसुरमा प्रभुका सीईओलाई सचेत गराइएको छ। यसअघि चालू आवको पहिलो त्रैमासमा पनि प्रभु, तत्कालीन बैंक अफ काठमाडौं, हिमालयन, सनराइज, ग्लोबल आईएमई र तत्कालीन मेगा बैंकलाई विभिन्न निर्देशन पालना नगरेको भन्दै सचेत गराइएको थियो। 

यसैगरी, चालू आवको पहिलो त्रैमासमा विकास र वित्त कम्पनीका विभिन्न १० ओटा संस्थालाई स्थलगल सुपरिवेक्षण गर्दा नियमअनुसार पालना नगर्नेलाई कारबाही गरिएको थियो। सोही अवधिमा कर्णाली विकास बैंकले मात्रै तीन पटक हर्जाना तिर्नु परेको थियो। 

केन्द्रीय बैंकले तोकेअनुसार अनिवार्य नगद मौज्दात (सीआरआर), विपन्न कर्जा परिचालन र ९० प्रतिशतको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) कायम नगरेका उक्त कम्पनीलाई हर्जाना लगाएको छ। तोकेअनुसार अनिवार्य नगद मौज्दात (सीआरआर) कायम नगर्ने कर्णाली डेभलपमेन्ट बैंकले पहिलो त्रैमासमा मात्रै दुई पटक सीआरआर कायम नगरेको र विपन्न वर्ग कर्जासमेत तोकेअनुसार प्रवाह नगरेकाले हर्जाना तिराइएको छ। विपन्न कर्जा कम्तीमा ५ प्रतिशत अनिवार्य गर्नुपर्छ तर सो बैंकले सीमासम्म नगरेकाले १ लाख ५२ हजार ९ सय २८ रुपैयाँ जरिबाना लगाएको छ।

प्रतिक्रिया