गृहमन्त्री लेखकसँग बेलायती राजदूतको शिष्टाचार भेट

काठमाडौँ । गृहमन्त्री रमेश लेखकसँग संयुक्त अधिराज्य बेलायतका राजदूत रब फेनले आज शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको उक्त भेटवार्तामा उनीहरूबिच द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको थियो । 

भेटका अवसरमा मन्त्री लेखकले नेपाल र बेलायतबिचको लामो सम्बन्धको प्रशंसा गर्दै नेपालमा लगानीका लागि सकारात्मक वातावरण बन्दै गएकाले बेलायती लगानी भित्र्याउन राजदूत फेनसँग आग्रह गरे । 

सो अवसरमा राजदूत फेनले लामो समयदेखि प्रगाढ सम्बन्ध रहेको विकासोन्मुख देश नेपाललाई सहयोग गर्ने बेलायत सरकार तयार रहेको बताए ।  


रासस 

प्रतिक्रिया